काठमाडौं । माघ आठ गते बिहीबार नेपाली कांग्रेसले देशभरका ६ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन गर्ने भएको छ ।
सरकारले गरेको प्रतिनिधि सभा विघटनका विरुद्धमा कांग्रेसले देशै भरका वडामा विरोध प्रदर्शन गर्ने भएको हो ।
त्यसैगरी बिहीबार प्रेस संगठन नेपालले राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा बिहीबार बिहान १० बजे भृकुटीमण्डप भेला भएर प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरिने भएको हो ।
नेपाललाई भारत सरकारले उपलब्ध गराउन लागेको कोरोना विरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ ।
बिहीबार काठमाडौं आइपुग्ने खोप वितरणमा फ्रन्डलाइनमा बसेर काम गर्नेलाइ प्राथमिकता दिइने बताइएको छ ।
त्यसैगरी बिहीबार दिउँसो १ बजे लैनचौरस्थित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा स्काउट प्रमुखको दिक्षान्त समारोह रहेको छ ।