कोरोना खोप भोलि पुग्दै, शुरुमा कसलाई लगाउने ?


ओकेजनता डेस्क
७ माघ २०७७, बुधबार

काठमाडौं । भारतले नेपाललाई दिएको कोरोना विरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्ने भएको छ ।

भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतले १० लाख डोज खोप दिन लागेको जानकारी दिए । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले १० लाख खोप ल्याउन तयारी पूरा भई बिहीबार काठमाडौंमा खोप आइपुग्ने बताए ।

भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड नामक खोप ल्याउन लागेको हो । वितरण भने केही समयपछि गर्नेछ ।

मन्त्री त्रिपाठीले बुधबार ऐतिहासिक दिन भएको पनि बताएका छन् । उनले खोप ल्याउन कानुनी, प्राविधिक, आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए । भारतले अनुदानमा दिएको खोप लगाउने प्राविधिक रुपमा तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्