अमेरिकामा भिषण आगलागी


ओकेजनता डेस्क
२७ भाद्र २०७७, शनिबार

काठमाडौं । अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दर्जनौँ मानिस बेपत्ता भएका छन् भने दशौँ हजार मानिस बिस्थापित भएका छन् । गर्भनर केट ब्राउनले डढेलोको जोखिम युक्त क्षेत्रका बासिन्दालाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन् । डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाट पनि भएका छन् ।

आगलागीका कारण धेरैको ज्यान गएको हुन सक्ने ओरिगन राज्यको आपतकालीन व्यवस्थापन समितिका निर्देशक एन्ड्रयू फेल्प्सले बताएको बिबिसीले उल्लेख गरेको छ । डढेलोका कारण ओरिगनका चारसहित अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। अमेरिकाका १२ राज्यहरुमा डढेलोका १०० भन्दा बढी घण्टा भएका छन् र डढेलो बिस्तार हुने क्रममा छ ।

ज्याक्सन, लेन र मारियन आउन्टिमा डढेलोमा परी मानिसहरु बेपत्ता भएको प्रहरीबाट जानकारी पाएको गभर्नर ब्राउनले बताएकी छन् । तर उनले बेपत्ता व्यक्तिहरुबारे विस्तृत विवरण दिएकी छैनन्। ४० हजार मानिसलाई बाध्यात्मक रुपमा सुरक्षित स्थानमा सर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्