पुनर्वाहालीपछि एसपी विष्टको सनसनीपूर्ण खुलासा !


ओकेजनता डेस्क
७ माघ २०७७, बुधबार

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १४ वर्षीया निर्मला पन्त हत्यामा प्रमाण नष्ट गरेको आरोप लागेका एसपी दिल्लीराज विष्टले आफ्नो पुनर्वाहाली पछि सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै विष्टले आफूलाई भोट नदिनेहरुलाई जेलमा हाल्न दबाब दिने तत्व नै निर्मलाको हत्यारा पत्ता लगाउन नदिने शत्रु रहेको संकेत गरेक छन् ।

विष्टले यो स्ट्याटस कसलाई तेस्र्याएका हुन् भन्ने प्रष्ट छैन । उनले आफूलाई काम गर्न नदिने बिनासित्तै यस्तो उस्तो गर भन्दै दबाब दिनेले निर्मलाको हत्यारालाई संरक्षण गरेको आरोप लगाएका छन् । यसअघि पनि विष्टलाई कन्चनपुरमा काम गर्न केही व्याक्तिले असहज पारेका थिए । नगरपालिकाको कर वृद्धि आन्दोलन ताका राज्यको सम्पत्ती जोगाउन खोज्दा उल्टै एसपी विष्टविरुद्द केही समूह खनिएका थिए ।

स्ट्याटससहित
आफूलाई भोट नदिने केहि कार्यकर्ताहरुलाई जेल हाल्न प्रहरीलाई पटक पटक दबाब दिने, त्यो कुरा प्रहरीले नमान्दा प्रतिशोध पोख्न इशारामा छौडाहरुले निर्मला प्रकरणमा राजनीति गरिरहेछन् ।

प्रतिक्रिया दिनुहोस्