गाली गर्नेलाई मंगल थापाको ‘पोलाइट’ झापड


ओकेजनता डेस्क
७ माघ २०७७, बुधबार

काठमाडौं । कम्युनिष्टको राजनीतिमा सक्रिय विद्यार्थी नेता मंगल थापा घर फर्किएपछि सामाजिक सञ्जालमा विभिन्न आलोचना भएका छन् । उनमा शुभेच्छुकले बधाइ दिएका छन् भने ओली समूहकाले थापामा विचलन देखिएको टिप्पणी गरेका छन् ।

थापाले ओकेजनतासँग कुरा गर्दै भनेका छन्, ‘आफूलाई माउ पार्टीमा फर्किसकेपछि केही धम्की पनि आएको छ तर, म त्यसबाट विचलित हुँदैन । देश र जनताको निम्ति केही गर्नुपर्छ भनेर ज्यानको प्रवाह नगरी राजनीतिमा होमिएको हुँ ।’

स्ट्याटससहित


कमरेडहरु अभिवादन !!

अवसरका थुप्रै संभावना हुदा हुदै पनि, व्याक्तिगत स्वार्थका कैयौ बाटो रहंदा रहदै पनि, राजनितीक संवैधानिक र सैद्धांतिक रुपले सार्भौम संसद माथीको असंवैधानिक हस्तक्षेपलाई टुलुटुलु हेरेर बस्न नैतिक रुपले पनि सकिएन। हामीमाथी ईतिहासले संघिन प्रश्न गर्नेछ। म ति प्रश्नहरु संग अनुत्तरित हुन सक्दिन। जनताको लामो संघर्ष, बलिदानी, त्याग , तपस्या, आन्दोलनले जन्माएको संविधानको रक्षा गर्नु नै आजको मूख्य कार्यभार हो। एक जिम्वेवार नागरिक हुनुको कारण संविधानको रक्षाका खातिर प्रतिगमनका बिरुद्धमा खडा भएको छु। यात्रमा भेटिने, छुटिने कुरा हुदै गर्छ। तर हामी सबैको अन्तिम गन्तव्य समाजवाद। हाम्रो यात्रा जारी छ। धन्यबाद।

प्रतिक्रिया दिनुहोस्