इंग्लिस प्रिमियर लिग : लेस्टर सिटी शीर्ष स्थानमा उक्लियो


ओकेजनता डेस्क
७ माघ २०७७, बुधबार

काठमाडौं । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन विलफ्रेड एनडीडी र जेम्स माडिसनले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४१ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टरलाई २-० को जित दिलाए ।

बल पोजिसनमा पकड जमाएपनि चेल्सीले लेष्टरविरुद्ध गोल गर्न सकेन । उसका अग्रपंक्तिका खेलाडी गोल गर्न पटक पटक चुकेका थिए ।

जितसंगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले १९ खेलमा ३८ अंक जोडेको छ ।

लेष्टर दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि रहेको छ ।

चेल्सी २९ अंक जोदेत आठौं स्थानमा रहेको छ ।

अर्को खेलमा वेस्ट ह्यामले वेस्ट ब्रुमलाई २(१ ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्