मंगल थापा फर्किए घरमा, दाहाल–नेपाल पक्षमै लाग्ने


ओकेजनता डेस्क
६ माघ २०७७, मंगलवार

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिमा लागेका मंगल थापा नेकपा (दाहाल–नेपाल पक्ष)मा फर्किएका छन् ।

केही समय अगाडि ओली पक्षमा लागेका थापा मंगलबार दाहाल–नेपाल पक्षमा फर्किएका हुन् । मूलधारको नेकपा दाहाल–नेपाल पक्ष भएकाले आफू फर्किएको उनले ओकेजनतालाई संक्षिप्त जानकारी दिएका छन् ।

काठमाडौंका विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय थापा बझाङबासी हुन् । उनको सामाजिक सञ्जाल फेसबुक र युट्युवमा निकै क्रेज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्