पीएम कप : मंगलबार दुई खेल हुँदै


ओकेजनता डेस्क
६ माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेलहरु हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ ।

सोमबार भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २ विकेटले हराएको थियो । पहिलो खेलमा भने गण्डकी आर्मीसँग पराजित भएको थियो ।

समूह ’ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी तेस्रो स्थानमा रहेको छ ।

कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कर्णाली आर्मीसँग ८० रनले पराजित भएको थियो ।

यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश–२ बीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्