डोटीको आदर्शमा दाहाल-नेपाल पक्षमा जनलहर


ओकेजनता डेस्क
६ माघ २०७७, मंगलवार

काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा नेकपा (दाहाल-नेपाल पक्ष) मा जनलहर देखिएको छ ।

सोमबार भएको भेलामा नेकपा (दाहाल-नेपाल पक्ष) का अध्यक्ष चक्र मल्लले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध डटेर सामना गर्नुपर्ने बताए ।

मल्लले मूलधारको नेकपा आफूहरु भएकाले चोइटिएर गएको केपी समूह केही समयपछी टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताए । हिजोका दिनमा डोटीबाट जितेर गएका प्रतिनिधि व्यक्तिगत स्वार्थ, कुण्ठामा लागेको बताउँदै मल्लले आगामी दिनमा नयाँ नेतृत्वलाई डोटेली जनताले मतदान गर्ने विश्वास व्यक्त गरे ।

आदर्श गाउँपालिका वडा नम्बर ७ को भेलामा वडाबासीको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्