फेरि एकता हुँदैछ नेकपा : ओडारमा धेरै दिन बस्न सकिन्न !


ओकेजनता डेस्क
५ माघ २०७७, सोमबार

काठमाडौं । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अन्तिम चरणमा छ । वैधानिक रुपमा विभाजन नभइसकेको नेकपा सांगठनिक क्रियाकलापमा भिन्न भइसकेको छ । नेकपाका अहिले दुई समूह छन्, दाहाल–नेपाल पक्ष र ओली पक्ष । दुवै पक्षले आफ्नो सांगठानिक संरचनालाई बलियो बनाउने प्रयत्न गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले केन्द्रीय कमिटी बढाउँदै १ हजार ५ सय बढी पुर्याएको छ । यता, दाहाल–नेपाल पक्षले पुर्ववत नेकपाको केन्द्रीय कमिटी सदस्यको बहुमत आफ्नो पक्षमा रहेको भन्दै केन्द्रीय कमिटीलाई चलाएको छैन । नेकपाका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम पनि पार्टीलाई पुनर्गठन गर्ने भन्दै बीचमा उभिएका छन् । बामदेवको द्वेधचरित्र प्रति दाहाल–नेपाल पक्ष भने सशंकित देखिन्छ । आइतबारमात्रै एक भेलामा सम्बोधन गर्दै नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले बामदेव गौतमले पार्टी पुनर्गठनका नाममा प्रधानमन्त्री ओलीलाई सघाइरहेको आरोप लगाएका थिए ।

अहिले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा ५० लाख जनमतको सपना देखेका छन्, त्यहीँ सपना कार्यकर्ता सामू बाँडेका छन् । यसअघि दुई बामघटक एक हुँदा समेत जम्मा ४३ लाख मत पाएको नेकपाका लागि ओलीको बोलीलाई पत्याउने स्थिति छैन । ७१ वर्षे विरासतलाई जोगाउन नसकेको नेकपालाई निर्वाचनमा जान निकै सकस देखिन्छ । प्रधानमन्त्री ओलीको सपनालाई साक्षत मानेर निर्वाचनमा होमिदाँ ठूलो हार व्यहोर्नुपर्ने नेकपा जाहेर छ । सीमा र जहाजको सपना बाँडेर जनताको मन जित्छु भन्नु पानीमाथि आगो बाल्नुजस्तै बनेको छ, नेकपालाई ।

यतिबेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदा प्रबुद्ध समूहको बैठक (इपीजी) को प्रतिवेदन र सीमा समस्याबारे भारतले बहस गर्न नमान्नु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ज्ञवालीलाई भेट नदिनुजस्ता विषयले ओलीको खोक्रो राष्ट्रवादले नेपालमा कम्युनिष्टको विलय हुनुबाहेक परिवर्तन केही नहुने नेकपाका जानकारहरुको विश्लेषण छ । सबैको रगत, पसिनाले निर्माण गरेको घरको जग भत्काएर केही दिन छिमेकी, केही दिन ओढारमा आश्रय लिन सकिएला तर, लामो समयका लागि संस्थागत हुन सकिन्न भन्ने दृष्टान्तलाई आत्मसात गर्नुपर्ने विश्लेषकको भनाइ छ ।

प्रधानमन्त्री ओलीको कदममा उनी मात्रै दोषी नभएको बताउने एकजना नेकपा जानकारका अनुसार ओली पार्टीको मूलि भएकाले अब केही सर्तमा पछाडि सर्नुपर्ने हुन्छ । ‘छोराले बाबुको काममा अब्जेक्सन जनाउन सक्छन्, सके सल्भ गर्ने नसके उसलाई गर्न दिने हो ।’

प्रतिक्रिया दिनुहोस्