काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट विद्यार्थी र युवा संघलाई आइतबारको भेलामा अब शाकाहारी आन्दोलनले मुलुकले मुक्ति नपाउने बताएपछि तरंग सिर्जना भएको छ ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद लाद्न खोजेकाले अब सशक्त आल्दोलनको तयारी गर्नुपर्ने बताएका थिए । सोही विषयमा अहिले सामाजिक सञ्जाल निकै तातेको छ ।
ओली समूहले गठन गरेको साइबर सेनामा आवद्ध युवाहरुले पनि आफूहरुले ओलीको निर्देशन कुरेको प्रतिक्रिया दिएका छन् । ‘प्रचण्डजी होसियार, हामी पनि ओलीको निर्देशन कुरेका छौँ, दीपक धामीले सामाजिक सञ्जालमा भनेका छन् ।’
यता, नेकपा (दाहाल–नेपाल पक्ष)का अनेरास्ववियूका नेता रञ्जित तामाङले प्रतिगमन विरुद्ध लड्ने बाचा भन्दै सामाजिक सञ्जालमा फोटोसहित पोष्ट्याएका छन् ।
अहिले ओली समूहका अनेरास्ववियूका नेता ऐन महरले भने प्रचण्डको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा केही प्रतिक्रिया दिएका छैनन् ।