अब लोडसेडिङ हुने, तालिका सार्वजनिक


ओकेजनता डेस्क
५ माघ २०७७, सोमबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले मागअनुसार विद्युत आपूर्ति गर्न नसकेको भन्दै लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यराती १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ । यसैगरी विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ ।

सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ ।

जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । जुम्लाबासीले स्थानीय साना जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्