झापामा भयानक दुर्घटना : सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोक्किए, दुईको मृत्यु


ओकेजनता डेस्क
५ माघ २०७७, सोमबार

काठमाडौं । झापाको दमक एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किएका थिए ।

सोमबार बिहान करीब ९ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्