दाहाल–नेपाल पक्षको बैठक पेरिसडाँडामा


ओकेजनता डेस्क
२ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ । बैठक साढे एघार बजेतिर शुरु भएको हो ।

हिजोबाट शुरु भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ ।

संसद् पुनस्र्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन ।
विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानिरहेका छैनन् ।

त्यस विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ ।

यसबाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्