काठमाडौं । गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत ’न्याय मरेको देश’ सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो बिहिबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोले नारीहरु माथि घटेका बलात्कार,एसिड काण्ड र छाउ सम्बन्धि कथा बोल्छ ।
राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ । रश्मी शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन,अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।
भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासु शाही, अनिता पौडेलको अभिनय रहेको छ । ’न्याय मरेको देशमा’ बोलको गीत अनुसार आफुले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन् ।
भिडियो हेर्नुहोस् :