मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु, दुई घाइते


ओकेजनता डेस्क
२ माघ २०७७, शुक्रबार

काठमाडौं । कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर ५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा परी से६प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्