आजबाट पीएम कप : टीयू र मूलपानी क्रिकेट मैदानमा हुने


ओकेजनता डेस्क
२ माघ २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ ।

दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ ।

टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ ।

पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् ।

क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।

समूह बी मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।

समूह बी मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताका लागि अधिकांस टिमले टिमको घोषणा गरिसकेका छन् ।

विभागबाहेक प्रदेश टिमले छनोट प्रतियोगिता गरेर टिमको घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागी १० वटै टिम च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन् ।

केहि बाहेक राष्ट्रिय टिममा रहेका अधिकांस खेलाडीले पीएम कप खेल्ने छन् ।

तर, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा खेलाडी कुशल मल्लले पीएम खेल्ने छैनन् ।

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले बागमती प्रदेशबाट खेल्ने छन् ।

उनीहरु युएईमा आयोजना हुने टी-टेन लिग खेल्न त्यसतर्फ जाने छन् ।

एपीएफ टिम – शरद भेषवाकर, वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ, अभिनास बोहरा

आर्मी टिम – विनोद भण्डारी, रोहित कुमार पौडेल, राजु रिजाल, राजेश पुलामी, जितेन्द्र मुखिया, अनिल मण्डल, भिम सार्की, सुशन भारी, साहब आलम, राजेश पुलामी, विक्रम सोब, हरि चौहान, आकाश चन्द, हरिकृष्ण झा, लोकेश बम

प्रदेश १ – सिद्धान्त लोहनी, फिर्दोस अंसारी, मनिस थापा, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, सोनु मण्डल, जोसाक खड्का, विवेक मेहेता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ, हेमन्त राई

कर्णाली प्रदेश – रविन्द्र जंग शाही, निष्क्षल रावल, दिवान बाबु पुन, ललित प्याकुरेल, हेमन्त ओली, दिनेश अधिकारी, हिमान्शु शाही, विपिन रावल, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहल, युनिश विक्रम सिंह, अभिषेक बम ठकुरी

गण्डकी प्रदेश – विपिन खत्री,अशोक श्रेष्ठ, दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे,अविशेक थापा, सुवास भण्डारी, समीर कँडेल,अर्जुन कुमाल,विशाल पौडेल,विष्णु पाण्डे,दिनेश बुढा मगर

लुम्बिनी प्रदेश – कृष्ण कार्की, सौरभ खनाल, बिक्रम भुसाल,अनिल खरेल, सन्दीप सुनार,सन्दीप रजाली,राजविर सिंह,प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल,दिपेन्द्र रावत, अमित तामाङ

प्रतिक्रिया दिनुहोस्