कामचलाउ सरकारका परराष्ट्रमन्त्री दिल्लीमा,आज आयोगको बैठक


ओकेजनता डेस्क
२ माघ २०७७, शुक्रबार

काठमाडौं । कामचलाउ सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यतिबेला दिल्लीमा छन्।

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा उनी बिहीबार भारतको नयाँदिल्ली पुगेका हुन्।

उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

मन्त्री ज्ञवालीले आज भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्