माघे संक्रान्तिको शुभकामना : राष्ट्रपति विद्यादेवी भण्डारी


ओकेजनता डेस्क
१ माघ २०७७, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वबाट नेपालीबीच आपसी एकता र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे संक्रान्तिले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी हुन् ।

यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्