डोटी : अनेरास्ववियूको संयोजकमा वीर, सह–संयोजकमा प्रकाश


ओकेजनता डेस्क
२८ पुष २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको भातृ संगठन अनेरास्ववियू डोटीको जिल्ला भेला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

भेलाले अनेरास्ववियूको डोटी जिल्ला संयोजकमा वीरबहादुर विष्टलाई चयन गरेको छ । सह–संयोजकको जिम्मेवारी प्रकाश जोशीले पाएका छन् । सोही भेलाले अनेरास्ववियूको केन्द्रीय सदस्यमा गणेश बमलाई सिफारिस गरेको छ ।

नेकपा दाहाल–नेपाल पक्षका डोटी जिल्ला अध्यक्ष चक्र मल्लले भेलालाई सम्बोधन गर्दै मुलुकको परिवर्तनमा युवा र विद्यार्थीको अग्रणी भूमिका रहेको भन्दै पार्टीको नीति संगत ढंगले अगाडि बढ्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् ।

जिल्ला सचिव जंग बिकले डोटीमा दाहाल–नेपाल पक्षको दुई तिहाइ बहुमत रहेको भन्दै यसलाई टिकाएर आगामी कार्यक्रम तय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्