काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चोरखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
शुक्रबार बिहान ८ बजेर १० मिनेटमा पहिरो झरेको हो । अहिले अवरुद्ध सडकलाई खुलाउने प्रयास भइरहेको छ ।
पहिरोका कारण दुई तर्फी बाटो अवरुद्ध भएको हो । बाटो खुलाउनका निम्ति स्थानीय, प्रहरी र डोजरको प्रयोग गरिएको छ ।