डोटी : ओली पक्षको अध्यक्षमा ऐर सचिवमा मलासी


ओकेजनता डेस्क
२७ पुष २०७७, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको डोटी अध्यक्षमा रामबहादुर ऐर र सचिवमा लक्ष्मण मलासी चयन भएका छन् ।

ओली समुहको जिल्ला कमिटिको बिस्तारित बैठकले पार्टी अध्यक्ष चक्र मल्ल र सचिव जंग बिकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय समेत गरेको छ ।

अध्यक्ष राम ऐर

अध्यक्ष मल्लको ठाउँमा राम ऐर र सचिव बिकको ठाउँमा मलासीलाई जिम्मेवारी दिएको नव निर्वाचित अध्यक्ष रामबहादुर ऐरले जानकारी दिनुभएको छ ।

ओली पक्षले २ सय ९९ जनाको जिल्ला कमिटि बिस्तार गर्ने निर्णय गरेको छ भने ९ स्थानीय तहमा कमिटी बिस्तार गर्ने निर्णय गरिएको छ ।

सचिव लक्ष्मण मलासी

साबिकको नेपाल कम्युनिष्ट पार्टी नेकपाको १ सय ३५ जना जिल्ला कमिटि सदस्य मध्ये ६१ जना जिल्ला कमिटि सदस्य उपस्थित रहेको ओली समुहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्