एम्बुलेन्स प्रदान


ओकेजनता डेस्क
२६ भाद्र २०७७, शुक्रबार

काठमाडौं । कोरोनाको संक्रमण फैलिँदै गएपछि बिरामीलाई अस्पतालसम्म पु¥याउन सहजताका लागि सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर अस्पताललाई दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

इटहरी उपमहानगरपालिकाले खरिद गरेका दुई वटा एम्बुलेन्सको चाबी नगर प्रमुख द्वारिकलाल चौधरीले इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बराललाई हस्तान्तरण गर्नुभएको हो । इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउँदै कोरोना संक्रमितलाई स्वास्थ्य चौकीसम्म पु¥याउन अन्य सवारी साधनले नमान्ने भएपछि नगरको एम्बुलेन्सबाट सेवा प्रदान गर्न सकिने भएको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर एम्बुलेन्स चाँडै प्रयोगमा ल्याइने भएको छ । स्थानीयलाई सस्तो मुल्य लिएर एम्बुलेन्स सञ्चालन गरिने इटहरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्