दीपिका र ऋतिकको दमदार एक्सन मूभि


ओकेजनता डेस्क
२७ पुष २०७७, सोमबार

काठमाडौं । एक्सन अवतारका लागि ऋतिक रोशन बलिउडका सबैभन्दा भरपर्दा कलाकार हुन् ।

उनलाई लिएपछि एक्सन जनराका चलचित्र यत्तिकै हिट हुन्छ भन्ने बलिउडकर्मीको पुरानै मानसिकता छ ।

बलिउडका पाका निर्देशक पनि ऋतिकलाई अरू भूमिकामा भन्दा पनि एक्सन सिनका लागि फिट रहेको बताउँदै आएका छन् ।

उनै ऋतिक अभिनित चलचित्र ‘वार’ले अघिल्लो वर्ष बलिउडमा गज्जबको कारोवार गर्दै ऋतिकलाई नामी कलाकारको रूपमा उभ्यायो ।

उक्त हिट चलचित्रपछि ऋतिकलाई धेरै चलचित्रको अफर गयो, तर उनले कसैलाई महत्त्व दिएनन् ।

ऋतिकका फ्यानहरूले फेरि एकपटक वारजस्तै एक्सन जनराको चलचित्रमा हेर्न पाउने भएका छन् ।

भारतीय मिडियाका अनुसार यो चलचित्रमा ऋतिकसँगै अभिनेत्री दीपिका पादुकोण पक्का भएको छ । यो चलचित्रलाई ‘वार’ चलचित्रका निर्देशकले बनाउन लागेको बुझिएको छ ।

दीपिका अभिनेत्रीहरूमा सबैभन्दा महंगी र सर्वाधिक फ्यान फलोइङ भएकी अभिनेत्रीको रूपमा पर्छिन् । ऋतिकको आफ्नै स्टारडम छ । अब भने यी दुई कलाकारलाई एक्सन जनराको चलचित्रमा देख्न पाइने भएको छ । तर, उनीहरूको एक्सन अवतारमा कस्तो हुने हो त्यो भने छिट्टै देख्न पाइनेछ ।

यो चलचित्रको छायांकन आगामी डिसेम्बरबाट शुरू हुनेछ । अहिले स्क्रिप्टको काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्