सुदूरमा मलको चरम अभाव, खोई सरकार !


ओकेजनता डेस्क
२६ भाद्र २०७७, शुक्रबार

काठमाडौं । सुदूरपश्चिमका किसानहरु यतिबेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ ।

धान बालीमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन् । धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेर भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ

अहिले मल आपूर्ती गरिरहेका कुनै निकायमा मलको मौज्दात छैन । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले साल्ट ट्रेडिङले आपूर्तिको ३० प्रतिशत जिम्मा पाएपनि अहिले धनगढी शाखामा मलको मौज्दान शुन्य भएको बताउनुभयो ।

मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ । तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ । किसानहरूले समयमै मल र बिउ नपाउने समस्या नयाँ भने होइन । यो समस्या हरेक वर्ष देखिँदै आएको छ । सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको जनाएको छ ।

मल आपूर्ति गरिरहेको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले पोटास बोहक अन्य मल उपलब्ध छैन । डिएपी मल न्यून मात्रामा पाइएपनि युरिया मलको हाहाकार छ ।

प्रतिक्रिया दिनुहोस्