पुस २६ गतेको राशीफल, तपाईंको आज


ओकेजनता डेस्क
२६ पुष २०७७, आईतवार

मेष– लगानीको काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

वृष– पारिवारिक यात्रा हुुनेछ । साझेदारी काम बन्नेछ । प्रेममा प्रगति हुनेछ ।

मिथुन– स्वास्थ्यमा सुधार हुनेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।
कर्कट– अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्नेछ । पारिवारिक काममा प्रगति हुनेछ ।

सिंह– धनको विषयमा कलह हुनेछ । स्त्रीवर्गसँग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्नेछ ।
कन्या– घरायसी काममा जोस जागर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

तुला– भोजनमा खर्च बढ्नेछ । मिठो बोलीवचनले साथ दिनेछ । आफन्तको सुख मिल्नेछ ।

वृश्चिक– प्रेममा अनावस्यक चिन्ता हुनेछ । रोजगारीको काममा साथ मिल्नेछ । मित्रसँग यात्रामा रमाइलो हुनेछ ।

धनु– सरसामान हराउन सक्नेछ । आफन्तसंग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुनेछ ।
मकर– भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ । लक्ष्य अनुसार काम हुनेछ ।

कुम्भ– काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठुलाबडाले साथ दिनेछन् ।


मीन– वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ । अधुरा काम शुरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्