सुदूरपश्चिमका बेरोजगारले रोजगारी पाउँदै !


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावित मध्ये ९ हजार जनालाई तत्काल स्वरोजगार दिने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवाहरुलाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो । प्रदेशले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने विभिन्न कार्यक्रम ल्याएको छ ।


कोरोना प्रभावित व्यक्तिहरुलाई असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छा पेश गर्न अपिल गरेको हो । कार्यक्रम अन्तर्गत छोटो अवधीमा आयआर्जन हुने र रोजगारी सिर्जना हुुने आशा लिइएको छ ।


स्वरोजगारको कार्यक्रम सँगै बीमाको कार्यक्रम अगाडी बढाउने मन्त्रालयको तयारी छ । तर सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत जानेको भिड बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्