काठमाडौं । बिरालाहरूले मानवलाई खासै महत्त्व दिदैँनन् तर पनि बिरालाहरू गजब भन्ने शब्दको पर्याय ठानिन्छन् ।
हामी उनीहरूसँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै बसिरहेका छौँ । अधिकांश समय सुत्ने भएपनि उनीहरू विश्वकै सबैभन्दा लोकप्रिय घरपालुवा जन्तु पनि हुन् ।
तर तपाईँलाई यिनीहरूबारे कति जानकारी छ ? उनीहरूका आश्चर्यमा पार्ने विशेषता यस्ता छन् ।
उनीहरूले नियमित रूपमा इन्टरनेटलाई बिगारिदिन्छन्ः उनीहरुले मानवलाई खासै महत्त्व दिदैँनन् तैपनि उनीहरू गज्जब भन्ने शब्दको पर्याय ठानिन्छन् ।
१. जब डिज्निल्याण्ड पार्कमा अँध्यारो हुन्छ, २०० वटा बिराला मुसा समाउन छाडिन्छन् ।
२. बिरालोको समूहलाई क्लाउडर भनिन्छ ।
३. बिरालोले आफ्नो पञ्जाबाट पसिना निकाल्छन् ।
४. साधारणतया बिरालोहरू तीन पटक चाखेर चौथो पटकमा मात्रै ढुक्कसँग खान थाल्छन् ।
५. सुतुवा बिरालो? औसतमा बिरालोहरू दिनको ७० प्रतिशत समय सुत्छन् ।
६. उनीहरूको पिसाब अल्ट्राभायोलेट (पराबैजनी)किरण मुनि प¥यो भने चम्किन्छ ।
७. घरमा पालिएका सबै बिरालोलाई पाँच मध्ये एक अफ्रिकी जङ्गली बिरालोको अवशेषसँग जोड्न सकिन्छ ।
८. बिरालोले गुलियो स्वाद चाल पाउँदैनन् ।
९. बिरालीको दाहिने पञ्जा र बिरालोको देब्रे पञ्जा बढी सक्रिय हुन्छ ।
१०. बिरालीको कठालोमा हड्डी हुँदैन ।
११. विश्वविख्यात वैज्ञानिक आइज्याक न्यूटनले ढोका सहितको बिरालो बस्ने फ्ल्याप आविस्कार गरेको हल्ला छ । तर थाहा भएको समयदेखि नै गोठ तथा घरहरूमा बिरालो बाहिर निस्कनका लागि ढोकाहरू रहेको देखिन्छ ।
१२. बिरालोको कपालको लट्टाको प्राविधिक नाम ट्रिकोबिजोर हो। ग्रीक भाषामा ट्रिकको अर्थ कपाल हो ।
१३. बिरालीलाई मोली वा महारानी पनि भन्ने गरिन्छ ।
१४. बिरालोले समुद्रको पानी पनि पिउन सक्छन्। उनीहरूको मिर्गौलाले केहि जटिल काम गर्छन्, जसले नुनलाई पनि छानिदिन्छन् ।
१५. मस्कोस्थित डच दूतावासमा सायामिज प्रजातीको घरपालुवा बिरालोले पर्खालमा चिथोरिरह्यो । थप अनुसन्धानपछि त्यहाँ जासुसहरूले माइक्रोफोन लुकाएर राखेको फेला परेको थियो ।
१६. बिरालोका कारण विभिन्न ३३ वटा प्राजातिहरू लोपभएका छन् त्यसमा स्तनधारी प्राणी र चराहरू पनि छन्। उनीहरूलाई उपल्लो १०० अरूलाई जोखिममा पार्ने प्रजातिका रुपमा राखिएको छ ।
खासमा हामी एकदमै बाठा प्राजतिसँग बसिरहेका छौँ जसले हामीलाई पञ्जाले हाम्रो अनुहारमा एक चोटी हानेर तिरिमिरी खेलाइ दिन सक्छन् । उनीहरूलाई पनि चिन्तित बनाउन सकिएको भए हुन्थ्यो तर त्यसो गर्न सकिँदैन ।