बाँदरले चियाको चुस्की लिँदै


ओकेजनता डेस्क
२४ पुष २०७७, शुक्रबार

काठमाडौं । जाडोको मौसम छ । जाडोयाममा मानिसहरु चिसिएको शरीर तताउन टोपी, पन्जा, स्वेटर, कोट लगाउनेदेखि तात्तातो खानेकुरा खान्छन् ।

यस्तैमा मानिसहरुको जाडोको प्रिय पेय हो चिया । त्यसै पनि गफगाफको थलो चिया पसलमा जाडो याममा भीड नै लाग्ने गर्छ ।

शुक्रबार चियाको चुस्की लिँदै गरेको बाँदरको फोटोले सबैको ध्यान खिचेको छ । चुलोको छेउमा एउटा बाँदरले गिलासबाट चिया पिउँदै गरेको देखिन्छ ।

महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै गरेको बाँदरको यो फोटो राससका लागि धनवीर महतोले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्