अब जुट्दैन नेकपा, शक्ति सन्तुलन नै विचलन


ओकेजनता डेस्क
७ मंसिर २०७७, आईतवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सहतमा देखिएको छ । चितवनको राप्ती नगरपालिकाको बैठकमा सहभागी भएका नेकपाका नेता सुरेन्द्र पाण्डेमाथि आफ्नै पार्टीका कार्यकर्ताले अभद्र व्यवहार गरेपछि गुटको विवाद बढ्दै गएको छलंर्ग भएको छ ।

यसअघि पनि कैलालीको लम्की, धनगढीलगायतका स्थानहरुमा पूर्ववत माओवादी र एमालेका कार्यकर्ताबीच भलडप भएको थियो । वैचारिक अन्योलतामा रहेको नेकपा फुट नजिक पुगेपछि नेता कार्यकर्तामा निराशा छाएको छ ।

नेकपाका अध्यक्षद्वयले आ–आफ्नो राजनीतिक प्रतिवेदन मार्फत् एकअर्कालाई आरोप प्रत्यारोप गरेपछि पार्टीमा झन विवाद बल्झिएको हो । पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीको जवाफी पत्रमा अर्का अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डले ‘ईन आफ् ईज ईन अफ्’ भनेका छन् ।

ओली पक्षले प्रचण्डले आफ्नो प्रतिवेदन फिर्ता लिनुपर्ने भन्दै दाबी प्रस्तुत गर्दै आएका छन् । अब बस्ने भनिएको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रतिवेदनको पुनः जवाफ फर्काउने छन् ।

असारको पहिलो दोस्रो साता फुटको संहारमा रहेको नेकपालाई भदौ २६ गतेको बैठकले जोगाएको थियो । सत्ता स्वार्थ र शक्ति सन्तुलनको विचलनले पार्टी अस्थिर बन्दै गएको भन्दै नेकपाका पाका नेता चिन्तामा छन् ।

प्रतिक्रिया दिनुहोस्