काठमाडौं । जनता टेलिभिजनका जिल्ला संयोजक एवम् कुशल प्रस्तोता खेमबहादुर बम सम्मानित हुनुभएको छ ।
सतुंगल डोजोले आयोजना गरेको ‘विशिष्ठ व्यक्ति सम्मान’ कार्यक्रममा संयोजक बम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा सम्मानित हुनुभएको हो ।
कार्यक्रममा डोजोले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेको छ । खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट र आयुशा शाक्य सम्मानित भएका छन् ।
डोजोले शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारिता लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरूलाई सम्मान गरेको छ । सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हितका लागि राज्य अभिभावक बन्न सक्नुपर्ने बताउँदै विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
डोजोले समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर विशिष्ठ पहिचान बनाएका व्यक्तिहरुलाई वार्षिक रुपमा सम्मान गर्दै आएको छ ।
कार्यक्रममा बहिरा कलाकार सुजल बम पनि सम्मानित हुनुभएको छ ।
