आजको मौसम कस्तो छ ?


ओकेजनता डेस्क
३ मंसिर २०७७, बुधबार

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू–भागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने बताउँदै विभागले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

बुधबार प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको भू–भाग, बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार प्रदेश नं १ र सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्