तपाईंको आजको राशीफल


ओकेजनता डेस्क
३ मंसिर २०७७, बुधबार

मेष– सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक काम बन्नेछ । कारोबार बढेर जानेछ ।

वृष– स्वास्थ्यले समस्या दिनेछ । आलोचना बढी हुनेछ । कुटुम्बबाट समस्या मिल्नेछ ।

मिथुन– प्रेममा प्रगति मिल्नेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

कर्कट– घरायसी वादविवादमा परिनेछ । प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ ।​

सिंह– अध्ययनमा सफलता मिल्नेछ । सन्तानको प्रगति हुनेछ । धनको वृद्धि हुनेछ ।

कन्या– पारिवारिक अशान्ति बढ्नेछ । काममा ढीला हुनेछ । मानसिक रुपमा कमजोर भइनेछ ।

तुला– भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ । नयाँ काममा प्रगति हुनेछ ।

वृश्चिक– भोजनमा मस्ती मिल्नेछ । वोलीले प्रभाव पर्नेछ । साथीभाइ नजिक हुनेछन् ।

धनु– मनोरन्जनमा दिन बित्नेछ । व्यक्तिगत काम अधुरो हुनेछ । सुखसुविधामा ध्यान जानेछ ।

मकर– धनको हानि नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । साथीभाइले साथ छोड्नेछन् ।

कुम्भ– धनको सहयोग जुट्नेछ । प्रिय वस्तु मिल्नेछ । पुरानो काममा फाइदा आउनेछ ।

मीन– राजनीतिमा अवसर आउनेछ । कला क्षमताको प्रशंसा हुनेछ । ठूलाबडाबाट आश्वासन मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्