खोल्साको सुन अलैंची, झापामा प्रशस्त उत्पादन


ओकेजनता डेस्क
२६ भाद्र २०७७, शुक्रबार

काठमाडौं । पहाडमा खोल्साको कालो सुनको रुपमा चिनिने अलैंची अहिले तराइका फाँटहरुमा फस्टाएर प्रशस्त आम्दानी दिन थालेको छ । धान, मकै, गहुँ सुपारीलगायतका नगदेबाली मात्र उत्पादन गरिँदै आएको झापाको उत्तरी क्षेत्रमा अलैंची फल्न थालेसँगै कृषकले अन्य बाली मासेर अलैंची बिस्तार गर्न थालेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिकाको उत्तरी क्षेत्र भोटेटार, देउराली, शान्तिनगर, मेचिनगर नगरपालिकाको बाहुनडाँगी, निन्दा, तेलपानी क्षेत्रका कृषकले विगत ७ वर्ष अगाडीबाट सलकपुरे जातको अलैंची रोपेर आम्दानी लिन थालेका छन् । धान, मकै , गहँुको तुलनामा कम मेहनत गर्नुपर्ने र आम्दानी पनि धेरै हुने भएकाले अलैंची खेती गर्न थालेको स्थानीयको भनाइ छ ।

३ मन धान उत्पादन हुने गरेको खेतमा २० केजी सुख्खा अलैंची फलेको स्थानीयको भनाइ छ । कुनै समय एकलाख रुपैयाँ प्रतिमन पुगेको अलैंचीको मुल्य अहिले २५ हजार रुपैयाँ मात्रै छ । तर, २५ हजार रुपैयाँ प्रतिमनमा बिक्रि भएपनि धानको तुलनामा अलैंचीले राम्रो आम्दानी हुने कृषकको दाबी छ ।

झापाका कृषकले अहिले अलैंचीसँगै सुपारी, कागती, मरिचलगायतका अन्य नगदेबाली लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्