तिहारकै पहिलो दिन बस दुर्घटना, ९ को मृत्यु


ओकेजनता डेस्क
२८ कार्तिक २०७७, शुक्रबार

काठमाडौं । तिहारकै पहिलो दिन बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो ।

एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ ।

बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताए ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए ।

उनीहरुलाई धनगढी रिफर गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्