अबको नेतृत्व युवालाई : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
२३ कार्तिक २०७७, आईतवार

काठमाडौं । दुईजना आमा एक छोराका लागि निकै झगडा गरिरहेका थिए ।

छोराकै विषयमा अदालतमा मुद्धा पर्यो र छोरा कसको हो भनेर न्यायाधीशलाई छुट्याउन निकै गाह्रो भयो । न्यायाधीशले जुक्ति निकाले र भने, ‘छोरा कसको हो एकिन गर्न सकिएन, अब यो बच्चाको आधा भाग चिरेर बराबरी भाग हालौ ।’

एक आमाले भनिन् हुन्छ मलाई चिरेको आधा भाग भएपनि चाहिन्छ । तर, अर्की आमाले भनिन् होईन, होईन बच्चालाई नचिरौँ यो बच्चा उसैलाई दिनुस् । तब न्यायाधीशका आँखा खुले र सही निर्णय गर्न सक्षम भए ।

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले पार्टीको गतिरोध र फुटको संहारमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको क्रियाकलापबारे यो उदाहरण दिएका हुन् । पार्टी जोगाउन आफू सक्रिय रहेको बताउँदै प्रधानमन्त्री ओली फुटको कुनै सम्भावना नरहेको बताएका छन् ।

आफू तत्कालीन एमालेको निर्वाचित अध्यक्ष, नेकपाको प्रथम अध्यक्ष र संसदीय दलको नेता रहेकोले पार्टीका केही खराब मानसिकता बोकेका मानिसले छोड भन्दैमा प्रधानमन्त्री पद नछाड्ने बताएका हुन् । राष्ट्रियताको सवालमा आफू दृढ रहेको बताउँदै ओलीले कहिल्यै नडगमगाउने बताए ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको भेटबारे बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अरुले बेलाबखत लुकेर भेट्थे, मैले राष्ट्र हीत र सीमाको विषयमा छलफल गर्ने गरी भेटेँ ।’

आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने र अबको नेतृत्व युवाको हातमा सुम्पिने ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्