रोल्पा जाँदै गरेको जिप दुर्घटना


ओकेजनता डेस्क
२३ कार्तिक २०७७, आईतवार

सल्यान । जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जिप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपमा सवार अन्य पाँच जना भने सुकसल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्