प्रधानमन्त्री र नरवणेको भेटको रहस्य !


ओकेजनता डेस्क
२१ कार्तिक २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेबीच शुक्रबार भेटवार्ता हुँदैछ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार हुने भेटवार्तामा दुई देशबीच सैन्य सहयोग आदनप्रदानका साथै नेपाल भारतबीच बढेको सीमा विवाद लगायतका विषयमा छलफल हुने बताइएको छ ।

केही समय अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटवार्ता भएपछि चौतर्फी आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले भारतीय सेनाध्यक्ष नरवणेसँग औपचारिक भेटवार्ता गर्न लाग्नुभएको हो ।

नेपालले अरु देशको उक्साहटमा लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको भूमी समेटेर नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि नरवणेको नेपालभित्र चर्को आलोचना भएको थियो ।

भारतीय सेनाप्रमुख नरवणेले आज विहान शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड स्टाफ कलेजमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

बुधबार नेपाल आउनुभएका नरवणे आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्