काठमाडौं । यतिबेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मतभेद देखिएको छ । पार्टी सञ्चालनमा प्रधानमन्त्री ओली एकलौटी ढंगले चलेपछि प्रचण्ड पनि पार्टीका बैठकबाट टाढिएका छन् ।
अब, नेकपाको भविष्य के हुन्छ भन्नेमा अन्योलता छाएको छ । नेकपामा ओली र प्रचण्डलाई मुख्य जिम्मा सुम्पिएका नेता कार्यकर्ताले अबको मुख्य दोष दुवैलाई दिने पक्का भएको छ ।
नेकपा फुटेपछि बृद्ध नेताहरुलाई सकस हुने देखिएको छ । यतिबेला युवाको नेतृत्वमा पार्टी सञ्चालन गर्ने होडबाजी चलेका बेला बुढापाका पाखा लाग्नसक्नेछन् ।