बसको ठक्करबाट कांग्रेस नेतृको निधन


ओकेजनता डेस्क
५ कार्तिक २०७७, बुधबार

काठमाडौं । कैलालीमा बसको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरीया गाउँपालिका ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकलाई सोहि दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट कैलालीको लम्कीचुहा नगरपालिका ९ बस्ने भागरथी रेग्मीको मृत्यु भएको छ । मृतक रेग्मी नेपाली कांग्रेस क्षेत्रीय कोषाध्यक्ष समेत हुन । मोटरसाईकल चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका अध्यक्ष रामबहादुर चौधरी घाईते भएका छन ।

उनको घोडाघोडि अस्पताल प्रालि सुखडमा उपचार भईरहेको छ । ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय सुखडका पमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्