कोरोना संक्रमणबाट कांग्रेस नेता पुनको मृत्यु


ओकेजनता डेस्क
५ कार्तिक २०७७, बुधबार

काठमाडौं । सेती प्रादेशीक अस्पतालमा उपचाररत कोरोना संक्रमित नेपाली कांग्रेस डोटीका नेता तेज पुनको निधन भएको छ ।

केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार उपचार लागि आएका उनको आईसियुमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो ।

पुन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्