दशैँका लागि गरिबलाई सरकारको के उपहार ?


ओकेजनता डेस्क
३ कार्तिक २०७७, सोमबार

काठमाडौं । हरेक साल झैँ यो वर्ष पनि दशैँको आगमन भएको छ । यसवर्षको बडादशैँ फिक्का त हुने नै भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैलाई त्राहीमाम छ । कतिपय नागरिक घरबाहिर निस्केका छैनन् ।

यतिबेला नेपाल पनि कोरोनाको चपेटामा परेको छ । जसको हटस्पट बनेको छ, काठमाडौं । काठमाडौंमा कोरोनाको निकै डर छ । बाहिर हिँडडुल गर्दा समस्या छ । दशैँको चहलपहल बजारमा झिनो मात्रामा देखिएपनि कोरोना संक्रमणको दर भने बढाएको छ ।

यतिबेला दैनिक ज्यालामजदूरी गरेर खाने वर्ग होस् विदेशमा विभिन्न स्थानमा काम गर्ने कामदार स्वदेश फर्किएका छन् । उनीहरुको रोजीरोटी छैन । कतिपयको चुल्हो बल्ने अवस्था छैन । सरकारले नागरिकका लागि केही गरिदियोस् भन्ने अपेक्षा सर्वसाधारणमा छ । तर, सरकार कोरोनाको उपचार र परीक्षण नागरिक आफैले गर्नु भन्दै पछाडि हटेको छ ।

सरकारले चाहान्थ्यो त गरिब, विपन्न पहिचान गरी सबैलाई तीन छाक राहत दिन सक्थ्यो तर अहिले सरकारका प्रतिनिधि दशैँभत्ता थाप्न बैंकमा लाइन लागेका छन्, यता गरिब दुःखी रत्नपार्कमा भात पाइन्छ की भनेर लाइन लागेका छन् ।

अहिले तीन तहको सरकार छ । स्थानीयदेखि प्रदेश सरकार हुँदै संघले पनि निश्चित गरिबको आँकडा निकालेर किन दशैँमा तीन छाक मीठो दिन सक्दैन । खोई ! नेपाली जनताको अभिभावक ? अहिले सबैका सामू प्रश्न तेर्सिएको छ ।

प्रतिक्रिया दिनुहोस्