डानिल युएस ओपन टेनिसको सेमिफाइनलमा


ओकेजनता डेस्क
२५ भाद्र २०७७, बिहीबार

काठमाडौं । साबिक उपविजेता डानिल मेडभेडेभ युएस ओपन टेनिसको पुरुष एकल तर्फ सेमिफाइनलमा पुगेका छन् । तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभले अर्का रुसी खेलाडी एन्ड्री रुब्लेभलाई सोझो सेटमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएका हुन् ।

मेडभेडेभले रुब्लेभलाई ७–६ (८–६), ६–३ र ७–६ (७–५) को सेटमा पराजित गरेका हुन्। उनले फाइनल प्रवेशका लागि दोस्रो बरियताका डोमिनिक थिएम वा एलेक्स डी मिनाउरसँग प्रतिस्पर्धा गर्ने छन् ।

गएको वर्षको युएस ओपन फाइनलमा मेडभेडेभ राफायल नाडालसँग पराजित भएका थिए । यो वर्षको प्रतिस्पर्धामा २४ वर्षका मेडभेडेभले अहिलेसम्म एक सेट पनि हारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्