बाँकेमा एक युवती र बृद्धको मृत्यु


ओकेजनता डेस्क
१ कार्तिक २०७७, शनिबार

बाँके । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादोका १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि असोज २४ गते भर्ना भएका भृकुटीनगरका ६१ वर्षीय पुरुषको भोलीपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको शुक्रबार राती नौ बजे मृत्यु भएको हो । उनको भेरी अस्पतालमा मृत्यु भयो ।

त्यस्तै, कारकादोकी १८ वर्षीया किशोरीको पनि शुक्रबार राति साढे नौ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

असोज २८ गते अस्पताल पुगेकी किशोरीलाई २९ गते कोरोना पुष्टि भएको थियो । दुई ठूला अस्पतालमा आधा घण्टाको फरकमा दुई जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्