इराकबाट सैनिक फिर्ता बोलाउँदै अमेरिका


ओकेजनता डेस्क
२५ भाद्र २०७७, बिहीबार

काठमाडौं । अमेरिकाले इराकमा बाँकी रहेका आफ्ना सैनिक मध्ये एक तिहाई भन्दा धेरैलाई केही हप्ताभित्रै स्वदेश फिर्ता बोलाउने भएको छ । अमेरिकी सेनाका मध्यपूर्व हेर्ने शीर्ष कमाण्डरका अनुसार २२ सय सैनिक सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता लैजाने बताएको बिबिसीले उल्लेख गरेको छ ।

जनरल केनथ म्याकेन्जीलका अनुसार इराकमा अमेरिकी सैनिकको संख्या तीन हजारमा झारिने छ । हाल इराकमा ५२ सय अमेरिकी सैनिक छन् । इराकमा रहेने सैनिकहरुले इराकी सुरक्षा निकायलाई इस्लामिक स्टेट (आइएस) सहितका बिद्रोहीविरुद्धको रणनीतिक कारवाहीका लागि परामर्श तथा रणनीतिगत सहयोग गर्ने छन् ।

गएको महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेका सबै अमेरिकी सैनिकहरुलाई सम्भव भएसम्म चाँडो फिर्ता बोलाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्