कहिले हुन्छ नवनियुक्त तीन मन्त्रीको शपथ ?


ओकेजनता डेस्क
२९ आश्विन २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तार गरेसँगै तीन मन्त्रीले आज शपथ लिँदैछन् ।

नेपाल सरकारका नवनियुक्त मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आज बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए । उनले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त तीन मन्त्रीले आज बिहान शितलनिवासमा सपथ लिने भएका हुन् ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् ।

त्यस्तै यसअघि महिला तथा बालबालिका मन्त्रालय सम्हालिरहेका पार्वत गुरूङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्