गाउँपालिकास्तरीय खानेपानी तथा सरसफाई गोष्ठि सम्पन्न


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । डोटीको बोगटान–फुड्सिल गाउँपालिकामा गाउँपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छ्ता ९वास० व्यवस्थापन पद्धति सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सप्पन्न भएको छ ।

गोष्ठी बोगटान–फुड्सिल गाउपालिका अध्यक्ष कमल बहादुर गड्सिलाको अध्यक्षतामा बसेको थियो । गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार, सातै वडाका वडाध्यक्ष, कार्यपलिका सदस्य शंकरमान सुनार, कल्पना बि.क., गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दलगायत गाउँपालिकाका सबै शाखाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।

गोष्ठिको सञ्चालन वासका फिल्ड संयोजक गीता जि.सी.ले गर्नुभएको थियो । गोष्ठीमा गाउँपालिकास्तरमा भैरहेका सम्पुर्ण खानेपानी, च्याङ सरसफाई दिगो रुपमा सञ्चालन हुनुका साथै सम्पुर्ण आम उपभोक्तहरुले पनि जिम्मेवारभै खानेपानीका सम्पुर्ण संरचनाहरुको जगेर्ना गरिरहेको बताइएको थियो ।

गाउँपालिकास्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता सञ्चालन गर्ने जसले गर्दा योजना बलियो र दीर्घकालीनसम्म टिकाउ हुने सहभागीको तर्क थियो ।

खानेपानी तथा सरसफाई योजना मर्मत सम्भार कोष स्थापना गरिने पनि जलस्रोत अधिकृत सुनिल बिश्वकर्मा ले बताए । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल गड्सिलाले सम्पुर्ण कामकाज गाउँपालिकामा हुने भएकाले कुनै पनि योजना बनाउँदा दिगोसम्म सञ्चालन हुनुपर्ने बताएका थिए ।
गोष्ठीको सहजीकरण जलस्रोत अधिकृत सुनिल बिश्वकर्माले गरेका थिए ।


समाचार कमल बमले पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्