कहिले बन्छ निजगढ विमानस्थल ? रुख गणना जारी


ओकेजनता डेस्क
२४ भाद्र २०७७, बुधबार

बारा । बारामा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका ५४ हजार रुख र पोलको गणना भएको छ । गणना कार्य असार १६ गतेदेखि शुरु भएको थियो ।

बारामा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने ५४ हजार रुख र पोलको गणना सम्पन्न भएको छ । रुख कटान गर्ने/नगर्ने सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । रुख गणनाको कार्य सम्पन्न भएपछि रुखको वास्तविक विवरण बाहिर आउने र निर्णय गर्न सजिलो हुने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

चारवटा वन प्रााविधिक र मजदुरहरुको टोलीले वन क्षेत्रभित्र रहेका रुख र पोलको गणना गर्ने र नम्बर लगाउने काम गरिरहेको छ । जसमध्ये हालसम्म गणना भएको सख्यामा अधिकांश पोल रहेका छन् । वन कार्यालय बाराले ३२ सेन्टिमिटर भन्दा मोटो गोलाई भएको सबै बिरुवाको गणना गरिरहेको छ । प्राविधिक रुपमा ३२ देखि ९४ सेन्टिमिटरको गोलाई भएको बिरुवालाई पोल र सो भन्दा माथिकोलाई रुखको रुपमा गणना गर्ने काम भैरहेको छ ।

विमानस्थलको ८ हजार ४५ हेक्टर क्षेत्रफल मध्ये १ हजार ९ सय हेक्टर भुभागलाई १२ प्लटमा छुट्याएर पहिलो चरणमा २ सय हेक्टरमा रहेका रुख र पोलको गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्