१३ वर्षीया बालिकालाई छोपेर बलात्कार, अश्लिल भिडियो कैद !


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

१३ वर्षकी बालिकाको पेट एकनास दुख्न थाल्छ । घरका परिवारले बालिकालाई के भयो भन्दै अस्पतालसम्म पु¥याउँछन् । डाक्टरले जाँच गर्छन र अपत्यारिलो नतिजा आउँछ ।बालिकाको पेटमा बच्चा छ । परिवारका सदस्य छाँगाबाट खसेजस्तै हुन्छन् । यो कसरी सम्भव भयो ?

भारतको उत्तरप्रदेशका अहिले बलात्कारका घटनामा बृद्धि भइरहेको पाइएको छ । गाँजियावादको मोदीनगरमा बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

बलात्कारपछि बालिकाको अश्लिल भिडियो पनि बनाइएको खुलेको छ । बालिकाले अश्लिल भिडियो लिक हुने डरले कसैलाई नभनेको भारतीय प्रहरीले जनाएको छ ।

१० अक्टोबरमा परिवारका सदस्यले बालिकाको पेट दुख्न थालेपछि अस्पताल लगेका थिए । डाक्टरले बालिकाको पेटमा बच्चा रहेको बताएका थिए ।

चार महिना पहिले बालिका शौच गर्नका लागि खेतमा गएकी थिइन् । त्यहाँ दुईजना युवकले उनलाई बलात्कार गरेका थिए । बलात्कारीहरुले कसैलाई भनेमा बालिकाको भाइको हत्या गर्ने बताएको प्रहरीलाई बालिकाले बयान दिएकी छन् ।

अहिले प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्