किशोर किशोरी वा अविवाहितामा कोरोना संक्रमण दर उच्च !


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । कोरोना संक्रमणको पछिल्लो दर हेर्दा युवा उमेरका किशोर किशोरीमा बढी देखिएको छ ।

वैज्ञानिकहरुका अनुसार कुमार पुरुषमा कोरोना भाइरस संक्रमण भए विवाहितको तुलनामा बढी खतरा हुन्छ ।

यस्तै तपाई पुरुष हुनुहुन्छ, निम्न आयस्रोत भएको वर्गमा पर्नुहुन्छ अथवा तपाई कम पढेलेखेको हुनुहुन्छ भने तपाई कोरोनाबाट हुने मृत्युको बढी जोखिममा हुनुहुन्छ ।

कोरोना भाइरसबाट कुमार अर्थात अविवाहित पुरुष किन खतरामा हुन्छन् त ? थाहा पाउनुहोस् यी ३ कारण ः

१. कोरोनाबाट मृत्यु हुनेमा २० वर्षभन्दा माथिकम युवा बढी

स्वीडेनको स्टकहोम विश्वविद्यालयले गरेको अध्ययन टोलीका शोधकर्ता ड्रेफाल भन्छन–अध्ययनका क्रममा हामीले विश्वास नै गर्न नसकिने नतिजा प्राप्त गर्यौं ।

हालसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा २० वर्ष बढीका पुरुषको संख्या धेरै छन् ।

२. पुरुषका लागि यसकारण खतरा बढी
स्वीडेनको यस अध्ययनले भन्छ कि महिलाको तुलनामा पुरुषलाई कोरोना भाइरसको संक्रमणको खतरा दुई गुणा बढी रहेको छ ।

तर विवाहित पुरुषका लागि भने खतरा अलि कम छ । अविवाहित महिला र पुरुष दुवैका लागि खतरा डेढ देखि दुई गुणासम्म बढी रहेको अध्ययनको निचोड छ । विवाहितको तुलनामा अविवाहित वा एक्लै बस्नेहरुमा विभिन्न स्वास्थ्य समस्या बढी हुने अध्ययनमा पाइएको उल्लेख छ ।

३.महिलालाई भन्दा पुरुषलाई यसकारण खतरा बढी

वैज्ञानिकहरुको तर्क छ कि पुरुषको तुलनामा महिलाको शारीरिक बनावट र जीवनशैली फरक हुन्छन् । कम शिक्षित वा न्यून आय भएकाहरुको जीवनशैली वा जीवनस्तर पनि फरक हुन्छन् ।

उनीहरु आफ्नो स्वास्थ्यप्रति कम सचेत रहने गरेको अध्ययनका क्रममा पाइएको छ । यसकारण उनीहरुमा कोरोना भाइरसको संक्रमण बढी हुने खतरा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्